सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रति पत्रकार महासंघको गम्भिर असहमति

<span class='c1'>सामाजिक सञ्जाल बन्द गर्ने निर्णय</span> <span class='c2'>प्रति पत्रकार महासंघको गम्भिर असहमति</span>

विराटनगर । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको छ ।

‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउँदछ,’ महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।’

महासंघले भनेको छ ‘सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको तर तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्दैन।’ नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासंघले सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दै कार्यान्वयनमा लैजाने भनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्