दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको आईएसपीलाई पत्र

<span class='c1'>दर्ता नभएका सामाजिक सञ्जाल बन्द</span> <span class='c2'>गर्न दूरसञ्चार प्राधिकरणको आईएसपीलाई पत्र</span>

काठमाडौं । देशभित्र सामाजिक सञ्जाललाई बन्द गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो ।


मन्त्रालयको निर्देशनअनुसार ती २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आईएसपीहरूलाई बिहीबार नै निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक मीनप्रसाद अर्यालले बताए । मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न दिएको सात दिनको समयसीमा बुधबार मध्यराति सकिएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले कानुनबमोजिम सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएको भन्दै आजमात्रै बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्महरू बन्द हुने छैनन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । ती बाहेकका अन्य सामाजिक सञ्जालहरू बन्द हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्