आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै

<span class='c1'>आज निजामती सेवा दिवस :</span> <span class='c2'>विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै</span>

काठमाडौं । आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् । नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष यो दिनव मनाउन थालिएको हो । निजामती कर्मचारीहरूले आज सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभातफेरी निकाल्दै छन् । प्रभातफेरी  भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने छ ।

 

आजकै दिन प्रधानमन्त्री अघिल्लो वर्ष उत्कृष्ट काम गरेका कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गर्दै छन् । त्यसरी सम्मानित हुनेमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई एक लाख रुपैयाँको दरले सम्मान गर्न लागिएको छ,भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मानित हुने छन् । निजामती दिवसको अवसरमा आज कर्मचारीहरूलाई बिदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्