मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ सुरु

<span class='c1'>मिथिलामा पितृ तर्पण</span> <span class='c2'>‘सोह्र श्राद्ध’ सुरु</span>

जनकपुर । जनकपुरधामसहित मिथिला क्षेत्रमा पितृ तर्पण (सोह्र श्राद्ध) आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी वा कुवेर औंसी भनिन्छ, जसलाई पितृ तर्पण, श्राद्ध तथा पितृ पूजाका दिनका रूपमा व्यापक रूपमा मनाइन्छ । जनकपुरधामका पोखरीहरुमा तर्पण गर्नेहरुको भीड लागेको छ ।

यस दिनलाई दिवंगत पितृ–पूर्वजप्रति श्रद्धा, कृतज्ञता र स्मरण गर्ने विशेष अवसरका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार पितृलाई स्मरण गरी तर्पण, पिण्डदान र ब्राह्मणलाई दान गरे पश्चात पितृ तृप्त भई सन्तानलाई दीर्घायु, समृद्धि र धर्मपथमा अगाडि बढ्न आशीर्वाद दिने विश्वास रहिआएको छ।आजको दिन पितृको सम्झनामा स्नान, शुद्धि, ब्राह्मण पूजन, पिण्डदान र तर्पण गरिन्छ । नजिकको पोखरी, नदि, तलाउ वा आफ्नै घरआँगनमा जलाशयमा स्नान गरी पितृको नाममा जल अर्पण गर्ने गरिन्छ । त्यसपछि तिल, जल, दूध, कुश र पिण्ड (चामल वा पीठोको) अर्पण गरी मन्त्रसहित पितृलाई तृप्त पारिन्छ।धार्मिक दृष्टिले पितृ तर्पण गर्दा घरमा अशुभ हट्ने, कुलको रक्षक शक्तिको कृपा प्राप्त हुने र परिवारमा शान्ति, सन्तोष र प्रगति हुने मान्यता छ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महर्षि अत्रि, अगस्त्य लगायत ऋषिमुनिहरूले पितृ तर्पणको महत्व प्रतिपादन गरेका थिए ।महाभारतकालमा पितामह भीष्मले धर्मराज युधिष्ठिरलाई श्राद्ध र तर्पणको महत्व बताउँदै यसलाई पितृ ऋण तिर्ने प्रमुख उपाय भनेका थिए । त्यसैगरी पुराणहरूमा श्राद्ध नगरे कुल नाश हुने र सन्तानलाई बाधा पर्ने उल्लेख पाइन्छ ।पितृ तर्पणलाई केवल धार्मिक कर्मकाण्ड मात्र नभई सामाजिक र पारिवारिक मूल्यसँग जोडिएको पर्व मानिन्छ । यसले पितृप्रतिको कृतज्ञता व्यक्त गर्ने, परम्परा निरन्तरता दिने र सन्तानलाई आफ्नो संस्कृतिसँग जोड्ने अवसर प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्