लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी

<span class='c1'>लगातार घट्दै नेप्से, कारोबार</span> <span class='c2'>रकममा पनि कमी</span>

काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ।आज सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंक घटेको छ ।यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९७ प्रतिशतले बढेर ३९१.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

एनआईबिएल समृद्धि फन्ड–२ को शेयर मूल्य प्रतिकित्ता ५.८३ प्रतिशतले बढेर ९.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिर्भसल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५.१२ प्रतिशतले बढेर ४००.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.६२ प्रतिशतले घटेर ३५६.८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३.९२ प्रतिशितले घटेर ४७५.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ३.७० प्रतिशतले घटेर प्रतिकित्ता ७७७.८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, एभरेष्ट बैंक, नेपाल रिइन्स्यारेन्स, हिमालयन डिस्टीलरी र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्