महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

<span class='c1'>महिला सरकारी वकीलहरूको प्रथम</span> <span class='c2'>राष्ट्रिय सम्मेलन हुँदै</span>

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।

सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्रित कार्यपत्रहरू प्रस्तुत गरिनेछ । सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।कार्यक्रममा सरकारी वकीलहरूको पेशागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिनेछ भने घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ ।सम्मेलनको उद्घाटन समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहनेछिन् । साथै सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, राष्ट्रिय महिला आयोग, महान्यायाधिवक्ता कार्यालय, नेपाल न्याय सेवा, नेपाल बार एसोसिएसन, र विभिन्न अदालतहरूमा कार्यरत महिला न्यायाधीशहरूको पनि उपस्थिति रहनेछ ।

यस्तै, सम्मेलनको समापन समारोहमा न्यायाधीश धारणा सुवेदी प्रमुख अतिथि रहने कार्यक्रम छ ।महान्यायाधिवक्ताको कार्यालयले यो सम्मेलनलाई महिला सरकारी वकीलहरूको आवाज राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्