विराटनगर । काठमाण्डौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते एकजनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
काठमाण्डौंमा जेनजीको प्रदर्शन तिव्र बनेको छ । सरकार विरुद्धको आक्रोश सडकबाट संसद भवन प्रवेशसम्मको शक्तिशाली आन्दोलनमा रुपान्तरण बन्दै गएको हो ।