विराटनगर । काठमाण्डौंमा जेनजी आन्दोलन तिव्र बनेपछि कर्फ्यु आदेशसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । संसद् घेराउ तथा ढुंगामुढा भएपछि गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन भएको हो ।जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।
त्यस्तै राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको हो ।