झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप, प्रहरीसहित केही प्रदर्शनकारी घाइते

<span class='c1'>झापाको दमकमा जेनजी समूह र प्रहरीबीच</span> <span class='c2'>झडप, प्रहरीसहित केही प्रदर्शनकारी घाइते</span>

झापा।झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहले दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो। प्रदर्शनकारीहरूले नगरपालिकाको गेट तोडफोड गरीभित्र प्रवेश गर्न खोज्दा प्रहरीले हवाई फायरसहित अश्रुग्याँस प्रहार गरेका थिए। प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरूले ढुंगामुढासँगै टायर बालेर प्रदर्शन गरेका थिए। दमकको आकाशे पुल र राजमार्गमा आसपासमा भेला भएका प्रदर्शनकारीहरू नगरपालिकातर्फ अगाडि बढ्दै एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै जडान गरिएका सीसी क्यामेराहरू पनि तोडफोड गरेको जनाइएको छ। यता सुरक्षाकर्मीले चलाएको गोली लागेर कमल गाउँपालिका–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन्। उनको दमक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुका अनुसार प्रदर्शनकारीहरू नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले हवाई फायरसहित अश्रुग्याँस प्रहार गरेको हो।

दुवै पक्षबीच भएको झडपमा परी केही प्रहरी कर्मचारी पनि घाइते भएको उनले बताए। झापाका दमक र बिर्तामोडमा जेनजी समूहको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएको थियो। आन्दोलनलाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। बिर्तामोडको मुक्ति चोक र राजमार्गमा भेला भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू बिर्तामोड नगरपालिकातर्फ अगाडि बढिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्