बालुवाटारमा सत्तारूढ दलको बैठक जारी

<span class='c1'>बालुवाटारमा सत्तारूढ दलको</span> <span class='c2'>बैठक जारी</span>

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो ।

बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र त्यसविरुद्ध भइरहेको जेन–जी पुस्ताको आन्दोलनबारे गहन छलफल भइरहेको जनाइएको छ । स्थिति नियन्त्रणमा ल्याउनका लागि रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको जनाइएको छ ।जेन–जी पुस्ताको आन्दोलनलाई नै मुख्य एजेन्डा बनाएर मन्त्रिपरिषद्को बैठक पनि सोमबार साँझ ६ बजेलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्