सरकारको औचित्य सकियो, आन्दोलनको साथमा छु : डा.शेखर कोइराला

<span class='c1'>सरकारको औचित्य सकियो, आन्दोलनको साथमा</span> <span class='c2'>छु : डा.शेखर कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे ।

‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’त्यस्तै उनले आजको नदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ ।’ कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्