रगतको अभाव हुन दिएका छैनौं ः रेडक्रस सोसाइटी

<span class='c1'>रगतको अभाव हुन दिएका</span> <span class='c2'>छैनौं ः रेडक्रस सोसाइटी</span>

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किरहेका बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले विशेष सजकता अपनाएको जनाएको छ ।

सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए । सोमबार भएको आन्दोलनका क्रममा धेरै घाइते भएपनि रगतको अभाव हुन नदिएको उनले जानकारी दिए ।

‘अहिलेको अवस्थालाई धान्न सक्ने रगत हामीसँग उपलब्ध छ । कतिपयले स्वस्फूर्त रुपमा रगत दिइरहेका छन् । रक्तसन्चार केन्द्र भृकुटीमण्डपलगायत अन्य स्थानमा पनि इमरजेन्सी रक्तदानको कार्यक्रमहरु चलाइरहेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्