विराटनगर । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।
प्रदर्शनकारी उग्र बन्दै गएपछि सुरक्षाकर्मीले प्रमुख दलका मुख्य नेताहरुलाई सुरक्षित स्थानमा सार्न समेत थालिसकेको छ ।