भाटभटेनी घटनामा संलग्नता नभएको Gen Z बिराटनगरको स्पष्टिकरण

<span class='c1'>भाटभटेनी घटनामा संलग्नता नभएको</span> <span class='c2'>Gen Z बिराटनगरको स्पष्टिकरण</span>

विराटनगर । भाटभटेनीमा हालै भएको लुटपाट र आगजनीजस्ता घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गर्दै Gen Z बिराटनगर ले विज्ञप्ति जारी गरेको छ ।सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा आफूहरू शान्तिपूर्ण आन्दोलनमा प्रतिवद्ध रहेको बताइएको छ। विज्ञप्तिमा भनिएको छ हाम्रो आन्दोलनको उद्देश्य देशमा देखिएका अन्याय, भ्रष्टाचार, असमानता र गैरजिम्मेवार राजनीतिक प्रणालीविरुद्ध आवाज उठाउनु हो। हामी परिवर्तनका लागि शान्तिपूर्ण आन्दोलन, संवाद र जनचेतनालाई प्राथमिकता दिन्छौं।

Gen Z बिराटनगरले कसैको निजी सम्पत्ति नष्ट गर्ने, व्यापारी वा उद्यमीलाई हानी पुर्‍याउने वा समाजमा आतंक सिर्जना गर्ने गतिविधिको कडा विरोध गरेको छ। भाटभटेनीमा भएको गतिविधि आफ्नो विचारधारा र मूल आन्दोलनसँग कुनै मेल नखाने जनाएको छ। युवापुस्ताको आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले आफ्नो नामलाई जोडेर गलत प्रचार गरिएको भन्दै विज्ञप्तिमा सत्य बुझ्न, अफवाहमा नपर्न र आन्दोलनलाई गलत तरिकाले प्रयोग नगर्न सबैसँग आग्रह गरिएको छ।Gen Z बिराटनगरले आफूहरू सदैव शान्तिपूर्ण तरिकाले न्याय, पारदर्शिता र दिगो परिवर्तनका लागि प्रतिबद्ध रहने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्