विराटनगरमा स्थानीय र सुरक्षा निकायको सहयोगले सामान्य अवस्था फर्काउने कोसीस जारी

<span class='c1'>विराटनगरमा स्थानीय र सुरक्षा निकायको सहयोगले</span> <span class='c2'>सामान्य अवस्था फर्काउने कोसीस जारी</span>

इन्दु कुमारी शाह
विराटनगर । विराटनगरमा भईरहेको घटनाहरु स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कोसीस भईरहेको छ । पछिल्ला केही समययता चोरी, लुटपाट र अव्यवस्थित गतिविधिका कारण त्रसित बनेको विराटनगरमा स्थानीयवासी र सुरक्षा निकायको सक्रियताले अवस्था क्रमश सामान्य बन्दै गएको छ ।

आन्दोलनका नाममा बाहिरबाट आएका अपरिचित व्यक्तिहरुले तोडफोड, चोरी र लुटपाट गर्ने क्रम बढेपछि स्थानीय युवाहरु आफैं सक्रिय भएर त्यस्ता कार्यमा संलग्नलाई नियन्त्रणमा लिन थालेका थिए । स्थानीयको तत्पर सहयोग र प्रहरीको तत्कालीन उपस्थितिले शहरमा सुरक्षाको वातावरण सहज बन्दै गएको प्रहरी प्रशासनले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार नियन्त्रणमा परेकामध्ये केहीमा आपराधिक पृष्ठभूमि रहेको छ भने केही बाहिरबाट अवसर खोज्दै आएका थिए । उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको छ । यता विराटनगरका बासिन्दाले एकता र सहयोग भावनाका कारण शहरलाई फेरि शान्त बनाउन सम्भव भएको बताएका छन् । आम नागरिकलाई त्रासमुक्त बनाउन स्थानीय र सुरक्षा निकाय एकसाथ खटिए । त्यसैले अवस्था सामान्यतर्फ फर्किदैछ । प्रशासनले आगामी दिनमा अझ कडा निगरानी राख्ने, सुरक्षालाई प्राथमिकता दिने जनाएको छ ।

नागरिकलाई शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्