विराटनगरमा सुरक्षा निगरानी कडा, सतर्कता अपनाउन प्रशासनको आग्रह

<span class='c1'>विराटनगरमा सुरक्षा निगरानी कडा,</span> <span class='c2'>सतर्कता अपनाउन प्रशासनको आग्रह</span>

इन्दु कुमारी शाह
विराटनगर । पछिल्ला घटनापछि विराटनगरमा सुरक्षाकर्मीलाई हरेक क्षेत्रमा परिचालन गरी निगरानी कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार महानगरमा त्रासित हुनुपर्ने अवस्था नरहेको भए पनि आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न चेतावनी दिँदै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने गलत जानकारीले अनावश्यक त्रास सिर्जना गर्न सक्ने जनाएको छ । शहर सामान्य अवस्थामा फर्काउने कोसीस जारी छ । सुरक्षा निकाय सक्रिय छन् । यससँगै सञ्चार माध्यमहरुलाई पनि सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ । प्रशासनले जिम्मेवार पत्रकारिताले समाजमा शान्ति, विश्वसनीयता र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको जनाएको छ ।

सुरक्षा निकायले विराटनगरका प्रमुख चोक, बजार क्षेत्रदेखि बस्तीसमेतमा नियमित गस्ती जारी राखेको छ । साथै संभावित जोखिम न्यूनीकरणका लागि अतिरिक्त बल समेत परिचालन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्