इन्दु कुमारी शाह
विराटनगर । हालैको अव्यवस्थित घटनाले क्षति पु¥याएका स्थानलाई पुनः सामान्य अवस्थामा फर्काउन विराटनगरका युवाहरु सक्रिय भएका छन् ।
मंगलवार बिहानदेखि विभिन्न टोलटोलका युवाहरुले क्षतिग्रस्त क्षेत्रहरूमा सरसफाई अभियान सञ्चालन गरेका छन् । आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्ने उद्देश्यले उनीहरू धमाधम सडक, चोक र सार्वजनिक स्थानमा जुटिरहेका छन् । सरसफाईमा सहभागी युवाले भने महानगरलाई फेरि पुरानै स्वरूपमा फर्काउने हाम्रो अभियान हो । उनले भने हामी सबै मिलेर शहरलाई उज्यालो बनाउन सक्छौं भन्दै सबैलाई यस अभियानमा जोडिन आग्रह गरे ।


युवाहरूसँगै विभिन्न सामाजिक संस्था र संघसंस्थाहरू पनि सरसफाई अभियानमा सहभागी भएका छन् ।युवाहरुको सक्रियता र सामुदायिक सहभागिताले शहरलाई छिट्टै पुरानै स्वरूपमा फर्काउने कोसिस जारी छ ।