विराटनगर । जेन्जी आन्दोलनको क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा एक व्यक्तिको ढडेको अवस्थामा कंकाल फेला परेको छ । गत भदौ २४ गते मंगलबार आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेको समयमा भित्री हुलमुलमा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडाल अनुसार सोमबार आगलागी भएको स्थानमा सरसफाई गर्ने क्रममा मानव कंकाल भेटिएको हो ।
भाटभटेनी सुपरमार्केटको दोस्रो तल्लामा फेला परेको कंकालको स्थानलाई सुरक्षा घेरा हालेर परीक्षणका लागि प्रमाण संकलन कार्य अघि बढाएको डिएसपी चुडालले जानकारी दिनुभयो । मृतकको परिचय खुलाउने कार्य फरेन्सिक परीक्षणपछि मात्र सम्भव हुने बताइएको छ ।