विराटनगर । जेन्जी आन्दोलनको क्रममा विराटनगरको भाटभटेनी सुपरमार्केट माथि अवस्थित क्युएफएक्स सिनेमा हलमा भीषण आगलागी हुँदा करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्युएफएक्स विराटनगरका सिनियर ड्युटी अफिसर ईशेक माझीका अनुसार दुईवटा हलसहित टिकट काउन्टर, क्याफे र अन्य सम्पूर्ण संरचना जलेर नष्ट भएको छ । “भदौ २४ गते मंगलबार जेन्जीको नाउमा अराजक समुहले भाटभटेनीमा आगजनी , तोडफोडसँगै लुटपाट मचाएका थिए, तलबाट सल्केको आगोले भवन पुरै खण्डर बन्न पुग्यो,” माझीले भने । आन्दोलित समूहमा घुसपेठ भएर तोडफोडपछि आगजनी गरेको अनुमान गरिएको छ ।

आगलागीका कारण हल पूर्णरूपमा सञ्चालन अयोग्य बनेको छ भने ठूलो लगानी डुबानमा परेको छ । दुईवटै हलका पर्दादेखी कुर्सीका सिटहरु खरानी भएका छन् भने प्रजेक्सनहरु सबै खरानी भएको माझीले बताए । उनले भने, अहिले हलको तल्लो भागमा सफा गर्ने काम भईरहेको छ । तलको सरसफाई भईसकेपछि माथील्लो भागको पनि सफा गर्ने काम हुनेछ ।हाल उक्त क्युएफएक्समा २१ जना युवाहरुले प्र त्येक्ष रोजगारी पाएका थिए।।