प्रधानमन्त्री कार्कीले मागिन् सहयोग, मन्त्री नबन्ने रुइतको जवाफ

<span class='c1'>प्रधानमन्त्री कार्कीले मागिन् सहयोग,</span> <span class='c2'>मन्त्री नबन्ने रुइतको जवाफ</span>

काठमाठडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेका छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए ।

 

छलफलपछि डा.रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । सञ्चारकर्मीले क्याविनेटमा आउने हो भनेर सोधेको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने  यत्रो छ काम यहाँ छोडेर आउने र बिरामीलाई छाडेर आउँदैन ।’

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्