मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने

<span class='c1'>मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने,</span> <span class='c2'>गैरराजनीतिक व्यक्ति मात्र रहने</span>

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी छन् । ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन् । उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उनले भनेकी छन् ।

 

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्