आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

<span class='c1'>आर्यघाटमा मृतकका आफन्त</span> <span class='c2'>विक्षिप्त, शुभेच्छुक भावविह्वल</span>

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज(मंगलबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।ज्यान गुमाएका सहिदमध्ये चार जनाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो । आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो ।

 

शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।त्यस्तै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्