यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

<span class='c1'>यस वर्षको दशैंको टीकाको उत्तम</span> <span class='c2'>साइत ११ बजेर ५३ मा</span>

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो ।त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ ।समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादशैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुदैँछ । त्यस दिन बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको छ ।

 

असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ । असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्