विराटनगर । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका– ३ फुलचोकमा आज बिहान सवारी दुर्घटना हुँदा २ यात्रुको मृत्युभएको छ भने २० जना घाईते भएका छन् ।
ईटहरीबाट पश्चिमतर्फ जादै गरेको मिनीबस सडक किनारमा रोकिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि २ यात्रुको घटना स्थलमै मृत्यु भएको र २० जना घाईतेहरुको धरान , विराटनगर लगायतका हस्पिटलमा उपचार भईरहेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।मृतक र घाइतेहरुको पहिचान तत्काल खुल्न नसकेकोले उनीहरुको पहिचान खुलाउने काम भईरहेकोे प्रहरीले जनाएको छ ।