कोशी मन्त्रिपरिषद् बैठक : साना योजना कटौती, जेनजी शहीदलाई १ लाख दिने

<span class='c1'>कोशी मन्त्रिपरिषद् बैठक : साना योजना</span> <span class='c2'>कटौती, जेनजी शहीदलाई १ लाख दिने</span>

विराटनगर। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख भन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेन्जी आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो। कटौती भएको बजेटबाट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरुको पुननिर्माण गरिनेछ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बैठकले आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरिया लागि प्रतिपरिवार १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

 

यो सहयोग कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा मृत्यु भएकाहरुले मात्रै पाउनेछन्। जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको थियो ।बैठकले कोशी प्रदेशमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरुका लागि प्रदेश सरकारले उपचार खर्च व्यहोर्नेछ ।मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका क्रममा भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई प्रतिवेदन पेश गर्नका लागि कात्तिक ९ गतेसम्मको समय दिएको छ । आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालय परिसरमा रहेको छुट्टै भवनको कार्यकक्षमा चुच्चे नक्सा अगाडि मन्त्रीपरिषद् बैठक बसेको थियो। बैठकको निर्णय मन्त्री भण्डारीले आगजनीले डढेको कार्यालय परिसरबाट सार्वजनिक गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्