शशांकको दु:खेसो : मेरो घर जल्यो, मैले के गल्ति गरेको थिएँ ।

<span class='c1'>शशांकको दु:खेसो : मेरो घर जल्यो,</span> <span class='c2'>मैले के गल्ति गरेको थिएँ ।</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् । ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे’ उनले भने, ‘भनिन्छ, एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरू आन्दोलनमा घुसेका छन् ।’नेता कोइरालाले वास्तविक जेनजी को हो भनेर ठम्याउनुपर्ने समय आएको बताए । ‘पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्‍यो । उनीहरूले तीन वटा कुराहरू उठाए’ उनले भने, ‘सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए ।’

 

उनले जेनजीलाई आफ्नो घर किन जलाएको भनी प्रश्न गरे । ‘मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ थाहा छैन । चार चोटि चुनाव जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ ।’उनले थपे, ‘मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो रु यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्