ओली र लेखक लगायत जिम्मेवार नेतालाई कारबाही गर्न शान्ति समाजको माग

<span class='c1'>ओली र लेखक लगायत जिम्मेवार नेतालाई</span> <span class='c2'>कारबाही गर्न शान्ति समाजको माग</span>

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । आइतबार ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो ।

विज्ञप्तीमा लेखिएको छ,‘मुलत भ्रष्टाचारको विरोधमा जेन जीद्वारा आह्वान गरिएको भदौ २३÷२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्छ ।’त्यस्तै जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न पनि समाजले माग गरेको छ ।

साथै समाजले जेन जीको आह्वानमा भएको उक्त आन्दोलनको सफलता पश्चात तत्कालिन सरकारले आत्म समर्पण गरिसकेको अवस्थामा पनि भदौ २४ गते भएको राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरुको पहिचान गरि दण्डित गर्नुपर्ने धारणा राखेको छ ।
राज्यको ढुकुटी दोहन गर्दै पुर्व विशिष्टहरुलाई उपलब्ध गराउँदै आएको सेवा र सुविधा तत्काल कटौती गर्न समाजको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्