दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा

<span class='c1'>दिपक साहको संयोजकत्वमा</span> <span class='c2'>जनस्वराज पार्टी घोषणा</span>

जनकपुरधाम । जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले जनस्वराज पार्टीको घोषणा गरेका छन् । असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई।दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको हो । बैठकले पुराना दलहरू आत्मकेन्द्रित, विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टीको गतिविधि अगाडि बढाउन डा। संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई। सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ ।

पार्टीका संयोजक डा।साह जनमतमा वरिष्ठ उपाध्यक्ष थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव कोषाध्यक्ष थिए । अन्य विभागहरु चाँडै गठन गर्ने संयोजक साहले बताएका छन् । पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, सम्मानजनक अधिकार र अवसर, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिक लगायत विपन्न वर्गको सशक्तीकरण तथा स्थानीय स्वायत्तता सहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्