सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

<span class='c1'>सागर डिष्टिलरीको आईपीओमा २२</span> <span class='c2'>गुणा बढी आवेदन</span>

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ । आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

यसमध्ये १०% वैदेशिक रोजगारीमा रहेका नेपाली, ५% सामूहिक लगानी कोष र केही हिस्सा कर्मचारीका लागि छुट्याइएको छ । आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्