आज दशैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा

<span class='c1'>आज दशैँको दोस्रो दिन</span> <span class='c2'>: ब्रह्मचारिणी देवीको पूजा</span>

काठमाडौं । आज नवरात्र अन्तर्गत दोस्रो दिन । ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदै । देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ ।यसअघि हिजो दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधाम साथ मनाइँदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँ घरमा पनि घटस्थापना गरिएको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्