विराटनगर । ‘‘रुख विरुवा रोपौँ, वातावरण स्वच्छ र सफा राखौँ’’ भन्ने मुल नाराका साथ मोरङको ग्रामथानमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
ग्रामथान २ मा रहेको झोराहाट युवा समुह र आर्दश युवा क्लवले सोमबार सयुक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेको हो । पुष्पलाल चौकदेखी विराट चौक सम्म जाने सडक खण्ड अन्तर्गत डिभाईडर तथा चौकहरु वृक्षारोपण गरिएको झोराहाट युवा समुहका अध्यक्ष गौरव अधिकारीले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा हरियाली विराटनगरका समुह पारुल क्षेत्री सहितको टिम , स्थानिय समाजसेवी, बुद्धीजीवी , स्थानिय युवाहरुले धुपी, स्वमी, सिरिस ,ग्रीन शो प्लान्ट र रेड शो प्लान्ट लगायतका विरुण रोपिएको आर्दश युवा क्लवका अध्यक्ष सरद कुमार लुईटेलले जानकारी दिनुभयो । साथै विभिन्न स्थानमा राष्ट्रिय झण्डाहरु पनि राखेका थिए ।

