विराटनगरमा स्रोत नखुलेको १४ लाख ५० हजारसहित एक जना पक्राउ

<span class='c1'>विराटनगरमा स्रोत नखुलेको १४ लाख</span> <span class='c2'>५० हजारसहित एक जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरीले ठूलो परिणामा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

२०८२ असोज ७ गते दिउँसो १२: ४५ बजे प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो।

मोटरसाइकलमा सवार विराटनगर–१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई शंका लागी चेकजाँच गर्दा १४ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममध्ये १,००० का २८४ थान र ५०० का २,३३२ थान नोट रहेको छ।

प्रहरीले मोटरसाइकल र साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्