काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

<span class='c1'>काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब</span> <span class='c2'>८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात</span>

झापा । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल (मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ), नौ हजार ४ किलोलिटर डिजेल (८४ करोड ४२ लाख रुपैयाँ), चार हजार २३३ मेट्रिक टन एलपी ग्यास (४० करोड ४९ लाख रुपैयाँ), एक हजार ४८८ किलोलिटर एटिएफ (१३ करोड २८ लाख रुपैयाँ) र २४८ किलोलिटर मट्टितेल (दुई करोड २२ लाख रुपैयाँ) आयात भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्