रास्वपाको वेबसाइट ह्याक, लामिछानेलाई लक्षित गर्दै लेखियोः हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ

<span class='c1'>रास्वपाको वेबसाइट ह्याक, लामिछानेलाई लक्षित गर्दै लेखियोः</span> <span class='c2'>हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ</span>

काठमाडौँ । आफूलाई ‘जेनजी राइजिङ नेपाल’ बताउने एक ह्याकर समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक गरेको छ । ह्याकर समूहले पार्टीको वेबसाइटको ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन (SQL Injection) आक्रमण गरी नियन्त्रणमा लिएर आफ्नो सन्देश राखेको हो ।

जेनजी विद्रोहका क्रममा रास्वपाले हिरासतमा रहेका आफ्ना सभापतिलाई निकालेकाले त्यसको बदला लिन वेबसाइट नियन्त्रणमा लिइएको ह्याकरको दाबी छ । उक्त समूहले वेबसाइटमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै एक मेसेज छाडेको छ । जसमा ‘न क्षमा दिने, न बिर्सने’ उल्लेख छ ।

सन्देशमा रास्वपालाई ‘पुरानै युगलाई भविष्य ठान्ने राजनीतिक तमासा’ भन्दै आलोचना गरिएको छ । पार्टीको मुख्य काम ‘आफ्नो नेतालाई जेल पर्नबाट जोगाउनु’ रहेको आरोप लगाइएको छ ।
सन्देशमा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै भनिएको छ, “रवि लामिछाने ~ दोहोरो नागरिकता भएका उही व्यक्ति ~ जो हालै जेन जी को विरोध प्रदर्शनको सहारामा कानुनी कारबाहीबाट उम्किए ।”

ह्याकरले लामिछानेमाथि ‘शङ्कास्पद आर्थिक लेनदेन’ लुकाउन पार्टीको ऊर्जा खर्च भइरहेको आरोप समेत लगाएको छ । “हे नेपाल, भेट ‘नयाँ राजनीति’ लाई ~ जहाँ प्रपञ्च उही पुरानो छ, बस आवरण चम्किलो छ,” सन्देशमा थप लेखिएको छ, “जेनजीले यो सब देखिरहेको छ । हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ । हाम्रो आगमनको अपेक्षा गर ।”
ह्याकर समूहले भ्रष्टाचार न्यूनीकरणका लागि सहयोग गर्न आग्रह गर्दै वेबसाइटमा यूएसडीटी, बीटीसी र इथेरियम जस्ता क्रिप्टोकरेन्सीको एड्रेस समेत राखेको छ ।

साभार:-टेक पाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्