इटहरीमा छिमेकी बीच झगडा हुदा एकजनाको मृत्यु

<span class='c1'>इटहरीमा छिमेकी बीच झगडा</span> <span class='c2'>हुदा एकजनाको मृत्यु</span>

सुनसरी । इटहरी उपमहानगरपालिका-१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको छिमेकीको कुटपिटबाट ज्यान गएको छ। चौधरीलाई सामान्य लेनदेनको विवादमा छिमेकी ५० वर्षीय लाल चौधरीले कुटपिट गरेका थिए। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते उनलाई उपचारका लागि सान्वी सिटी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारकै क्रममा गएराति साढे ११ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न लाल चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्