विराटनगरमा ख्यातिप्राप्त मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले दैनिक सेवा दिने

<span class='c1'>विराटनगरमा ख्यातिप्राप्त मानसिक रोग विशेषज्ञ डा.</span> <span class='c2'>रोशन पोखरेलले दैनिक सेवा दिने</span>

विराटनगर, असोज ९ , पूर्वी नेपालको ख्यातिप्राप्त नसा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल अब दैनिक रुपमा विराटनगरमा सेवा प्रदान गर्ने भएका छन्। नेपाल सरकारको स्वास्थ्य सचिवको जिम्मेवारी पूरा गरी हालसालै अवकाश प्राप्त गरेका डा. पोखरेलले आफ्नो बीसौं वर्षको अनुभव र दक्षतालाई पुनः बिरामीको सेवामा समर्पित गर्ने उद्देश्यले विराटनगरमा नियमित सेवा सुरु गरेका हुन्।

लामो समयदेखि मानसिक रोग, नसा, कुलत, टाउको सम्बन्धी समस्याको उपचारमा दक्षता हासिल गरेका डा. पोखरेल पूर्वी नेपालमै अग्रणी विशेषज्ञको रूपमा परिचित छन्। स्वास्थ्य सचिवको जिम्मेवारीका कारण केही वर्षदेखि विराटनगर र आसपासका बिरामीहरूले उहाँको सेवा दैनिक रूपमा पाउन नसके पनि अब भने बिरामीहरूलाई सो सुविधा पुनः उपलब्ध हुनेछ।

डा. पोखरेलको सेवा विराटनगर ट्राफिक चौकस्थित निको अस्पताल (पुरानो मोरङ सहकारी भवन) र रङ्गेली रोडमा रहेको बिन्दु खनाल मेडिकल हलमा दैनिक रूपमा उपलब्ध हुने जनाइएको छ। मानसिक स्वास्थ्य, नसा, कुलत, टाउकोसम्बन्धी समस्या वा अन्य मनोवैज्ञानिक उपचार आवश्यक पर्ने बिरामीहरूले अब पूर्वकै अनुभवी विशेषज्ञबाट प्रत्यक्ष परामर्श र उपचार पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्