धरान। सुनसरीको धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै मंगलबार दिउँसो करिब २ बजेतिर पैदल यात्रामा रहेकी महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार करिब ३५ वर्षकी मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा मृत्यु भएकी महिलाको नाम, थर र वतन खुलाउने प्रयास भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर चालक मोरङको केराबारी गाउँपालिका–६ का ५२ वर्षीय सोमबहादुर सुन्दासलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिहेको छ ।