शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी

<span class='c1'>शिक्षकको तलब निकासा गर्न मन्त्री</span> <span class='c2'>पुनको निर्देशन, कारबाही गर्ने चेतावनी</span>

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं(तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं(तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने । दशैं(तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्