बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव

<span class='c1'>बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई</span> <span class='c2'>राम्रो व्यवहार गर्न सुझाव</span>

रामेछाप । दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए ।यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए ।

प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी साहयक निरीक्षक मनोज थापाले चाडबाड लक्षित सडक सुरक्षा योजना अन्तर्गत सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । सडकलाई व्यवस्थित गर्न आफूहरू निरन्तर लागेको उनले जानकारी दिए । अस्थायी ट्राफिक प्रहरी पोष्ट दुम्जाका इञ्चार्ज वरिष्ठ हवलदार पशुपति फुयाँलले ट्राफिक व्यवस्थापनको सन्दर्भमा आफूहरू अहोरात्र खटेर सवारी साधनलाई गन्तव्यमा पु¥याउन सहयोग गरिरहेको बताए ।यात्रुहरूलाई राम्रो व्यवहार गर्न चालकहरूलाई पर्चा वितरण तथा सम्झाउने काम गरिरहेको उनले जानकारी दिए । अहिले राजमार्गमा कुनै ठुलो समस्या नभएको र यातायात साधन सहज रूपमा सञ्चालन भइरहेका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्