महोत्तरी । सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्यु । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका -६ मगरथाना बस्ने बेधु मंसुरको श्रीमती ६५ वर्षीया सायदा खातुन, वर्ष ६ की सविवा खातुन, अल्लाउदिन मंसुरको छोरा ८ वर्षीय डिल्लु मंसुर र नसरुल शेखको छोरी वर्ष ९ की नर्गिस खातुन छन् ।
घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । तर अस्पताल पु¥याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।