झापाको भद्रपुरमा मोटरसाइकल ठक्करबाट घाइते बालिकाको उपचारका क्रममा मृत्यु

<span class='c1'>झापाको भद्रपुरमा मोटरसाइकल ठक्करबाट घाइते</span> <span class='c2'>बालिकाको उपचारका क्रममा मृत्यु</span>

झापा : झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । ९ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी भद्रपुर नगरपालिका-४ निवासी समीर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असोज ८ गते साँझ ६:५५ बजे भद्रपुर- ४ तारानगरस्थित भित्री सडक खण्डमा भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बालिकाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज बिहान ७:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्