पाँचथर। धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खस्दा तीनजना घाइते भएका छन् । अन्यको उद्धार भइरहेको छ । “अहिलेसम्म तीनजना घाइतेको उद्धार गरेर उपचारका लागि पठाएका छौँ,” पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने, “अन्यको उद्धार भइरहेको छ । अन्य जानकारी आउन बाँकी छ ।”
जीपमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण अउन बाँकी रहेको उनले बताए ।