विराटनगर, असोज १९ । विराटनगर महानगरपालिका–६ बरमपुरामा लगातारको वर्षासँगै पानी घरभित्र पस्दा स्थानीयबासी समस्यामा परेका छन् ।


हिजो रातिदेखि परेको अविरल वर्षापछि टोलका अधिकांश घरहरुमा पानी पसेपछि बासिन्दाले घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने काम गरेका छन् ।

पानीको सतह लगातार बढ्दै गएपछि बस्ती डुबानमा पर्ने खतरा रहेको स्थानीयहरुले बताएका छन् । विद्यालय र सडक समेतमा पानी जमेकाले आवतजावतमा समेत समस्या भएको छ ।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार र सहयोगका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।