वर्षाले रोकिएका आन्तरिक उडान आजदेखि पुनः सञ्चालनमा

<span class='c1'>वर्षाले रोकिएका आन्तरिक उडान</span> <span class='c2'>आजदेखि पुनः सञ्चालनमा</span>

काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ । शनिबार आन्तरिक उडान ठप्प हुँदा सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए । धेरै यात्रुहरू दशैंपछिको यात्राका लागि टिकट लिएर प्रतीक्षारत रहेकाले असुविधा व्यहोर्नु परेको थियो । मौसम सुधारसँगै उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्