इलाममा पहिरोमा परेर १८ जनाको मृत्यु

<span class='c1'>इलाममा पहिरोमा परेर</span> <span class='c2'>१८ जनाको मृत्यु</span>

इलाम । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताए ।

त्यस्तै, नदी तथा खोलामा परेर उदयपुर र खोटाङमा थप दुई जनाको ज्यान गएको छ । उदयपुरको बेलका नगरपालिकामा सिन्धुलीबाट फर्किएको माइक्रो बस बेलकामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । करिब २२ जना यात्रुको उद्धार गरी अस्पताल पठाइएको छ ।

खोटाङमा समेत एक जना बालक नदीमा परेर ज्यान गएको भन्ने खबर आएको र थप विवरण संकलन गर्ने क्रमम रहेको कोशी प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्