तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो

<span class='c1'>तिहारपछि सुनको भाउ तोलामा ११</span> <span class='c2'>हजार ६ सयले घट्यो</span>

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला २६५ रुपैयाँ घटेको हो । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

को भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला २६५ रुपैयाँ घटेको हो । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्