मुख्यमन्त्री सोनल र बेलायती राजदूतावासको टोलीबीच भेट

<span class='c1'>मुख्यमन्त्री सोनल र बेलायती</span> <span class='c2'>राजदूतावासको टोलीबीच भेट</span>

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको टोलीबीच शिष्टाचार भेटघाट भएको छ ।
बिहीबार विकास कार्यक्रम प्रमुख पुलिन सिननसहितको टोलीले मुख्यमन्त्री सोनलसंग शिष्टाचार भेटघाट गरेका हुन ।

भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य र कृषि लगयातका क्षेत्रहरूको विकास र सुधारका लागि बेलायती सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए ।उनले मधेश प्रदेशको समग्र विकासका लागि अन्तराष्ट्रिय साझेदारहरुसंग सहकार्य गर्न प्रदेश सरकार सँधै साकारात्मक रहेको धारणा राखे ।‘हामीलाई विकास साझेदारहरूको सहयोग आवश्यक छ । हामी चाहन्छौं कि शिक्षामा सुधार, स्वास्थ्य सेवामा वृद्धि र कृषि क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायसँग सहकार्य गर्न,’ सोनलले भने।

भेटघाटमा बेलायती टोलीकी प्रमुख पुलिन सिननले मधेश प्रदेश सरकारको प्रयास र प्राथमिकतासँग सहमति जनाउँदै, बेलायती सरकारको तर्फबाट आगामी दिनहरूमा थप सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरिन ।भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरु र बेलायती दुतावासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्