बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

<span class='c1'>बेमौसमी वर्षाले कोशी प्रदेशको</span> <span class='c2'>जनजीवन प्रभावित, किसान मारमा</span>

विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो ।

तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर सहित विभिन्न स्थानमा पानीले धानबाली डुबाएको किसानहरूले बताएका छन् । रामधुनीकी निर्मला लुईटेल भन्छिन्, ‘वर्षाले भर्खरै लगाएको तोरीदेखि धान सबै डुबायो ।’
वर्षाको असरले प्रदेशका कतिपय स्थानीय तहहरूले विद्यालय बन्द गर्नुपरेको छ । इटहरी उपमहानगरपालिकाले सुरक्षा र यातायात जोखिमलाई मध्यनजर गर्दै विद्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो ।तराईका अधिकांश भूभाग जलमग्न बनेका छन् भने नदीनालामा पानीको बहाव तीव्र बनेको छ । मेची राजमार्गसहितका कतिपय सडक खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएको छ ।

उत्तरी पहाडी क्षेत्रमा भने अत्यधिक हिमपातका कारण जनजीवन कठिन बनिरहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले डिजिटल म्यापअनुसार प्रभावित क्षेत्र पहिचान गरी सुरक्षाकर्मीमार्फत उद्धार र राहतका काम अघि बढाइएको जानकारी दिए । उनका अनुसार स्थानीय सरकारमार्फत तत्कालीन राहत र उद्धारको कार्य सुरु भइसकेको छ । वर्षा भोलीसम्मै जारी रहने अनुमान मौसमविद्हरूले गरेका छन्, जसले किसानको चिन्ता झन् बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्