९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै

<span class='c1'>९ वटा पार्टीहरुबीच आज</span> <span class='c2'>एकता घोषणा हुँदै</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ ।
बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हनेछ । एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको पनि उनले बताए । नयाँ पार्टीको नाम भने नेपाली कम्युनिष्ट पार्टी रहने छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ । आजको कार्यक्रममा एकीकृत पार्टीको संयोजक र सहसंयोजक पनि घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्