विरामी बोक्ने एम्बुलेन्समा ३३ किलो गाँजा सहित २ जना पक्राउ

<span class='c1'>विरामी बोक्ने एम्बुलेन्समा ३३ किलो</span> <span class='c2'>गाँजा सहित २ जना पक्राउ</span>

विराटनगर । एम्बुलेन्समा विरामी बोकिन्छ तर यहाँ एम्बुलेन्सको दुरपयोग गरी गाँजा बोक्ने गरेको भेटिएको छ । यसरी एम्बुलेन्स बोक्ने गाडीमा गाँजा विराटनगरको बाटो हुदै भारत तर्फ लैजादै गर्दा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले एम्बुलेन्स चालक सहित दुई जनालाई नियन्त्रयमा लिएको छ ।


सिरहाको सुखीपुर १९ (दहपौडी) को नेपाल रेडक्रस सोसाइटी लेखिएको गाडी बुधबार राती १० बजेको समयमा मोरङको जहदा ३ बाट ३३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । ्प्रहरीले एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई एस्कर्टिङ गरिरहेको मोटरसाइकल चालक जहदा ३ – का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रवक्ता कोपिला चुडालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्